म जिउंछु तिमी सँग, मर्छु तिमी सँगै
फुले साथमा फूल्छु झरे, झर्छु तिमी सँगै
आकाश रहे सम्म अमर ,धर्ती रहे सम्म
प्रछायाँ म तिम्रो तनमा, प्राण भए सम्म
हाँसे हाँस्छु रोए नयन,भर्छु तिमी सँगै
फुले साथमा फूल्छु झरे, झर्छु तिमी सँगै
तिमी लक्ष जिन्दगीको ,मुसाफिर हुँ म
तिम्रो निम्ति मर्न परे, मर्न तयार छु म
दबाएर पिडा खुसी ,छर्छु तिमी सँगै
फुले साथमा फूल्छु झरे, झर्छु तिमी सँगै
म जिउंछु तिमी सँग, मर्छु तिमी सँगै
फुले साथमा फूल्छु झरे, झर्छु तिमी सँगै