Monday, August 26, 2013

डायरी 5

के सोचेको थिए जिन्दगीमा के–के भयो आज आफ्नै जिन्दगीका भोगाईसँग
सपनाहरु नमिल्दा भित्री मन रोएको छ । विना घाउका चोटहरुले मेरो मुटूलाई
दुखाउँदै छ । सायद मेरो भाग्यमा दुख्नै लेखेको होला भनेर भड्किने मनलाई
थमथम्याउन विवस छु । दुई दिनको त जिन्दगी हो जीउनु पर्छ भन्ने लोभले
मनमा डेरा जमाएपछि दुखेर पनि जीउनु पर्ने रहेछ । जीवनका भोगाईले पूर्व,
सपनाहरुले पश्चिमको यात्रा तय गरेपछि मनमा सधैँ अशान्तिले निर्वाध
राजगर्न पाउँदो रहेछ । हरेक मान्छेले आ–आफ्नै तौर तरिकाले सपना देख्न पाउछ,
तर सबैको सपना पुरा नहुने रहेछ, मेरोपनि पुरा भएन । पुरा गर्नै नसक्ने
महत्वाकांक्षी सपना भने मैले पक्कै देखेको होईन म सारा भगवान छोएर भन्छु ।
मैले देखेका सपनाहरु सरल अनि सहज थिए तर त्यो पुरा हुन सकेन किन ?
कसैको त मन मुटूपनि कस्तो हुन्छ खै म सधैँ हैरान हुन्छु, यहि कुरा सम्झेर ।
हरेक दुःख सुखमा साथ दिने कसम खाएकै थिए केहि गर्छौ ,भन्दा मैले सहयोग
गर्छु भनेकै थिए । म कहिलेपनि उनको खुशीमा वाधक बनेको थिइन् । उनीले
इच्छाएका हरेक जाहेज कुरामा मेरो पूर्ण समर्थन रहने वाचा गर्दथे ।
मेरो मायामा कमि होला कि भनेर म हरेक पल उनलाई सदा खुशी राख्न लागिरहे
। हो म उनलाइ माया र विश्वास गर्थे आफैलाई भन्दा बढि । उनले
मायाको अभावको जिन्दगी गुजार्न नपरोस, उनलाई कसरी खुशी राख्न सक्छु
भन्ने बारे सोचि रहन्थे । उनको खुशीनै मेरो खुशी हो लाग्थ्यो । हरेक पल मैले
उनको खुशीको लागि खचिर्न चाहान्थे । उनलाइ खुशी दिनु मेरो शौभाग्य
हो म यहि सोच्थे । आखिर मेरो के भूल थियो उनले मलाई सधै पर्दामा राख्न
चाहिन् । मैले माया गर्दा गर्दै साथ दिन्छु भन्दा भन्दै उनले किन यस्तो गरिन
आखिर यो सब के का लागि गरिन् यस्तै प्रश्नहरुले मेरो मन
मष्तिस्कमा बारम्वार महाभारत मच्चाई रहन्छ । झुपडीनै होस् तर त्यो भित्र
अभाव नहोस् । होस् त केवल मीठो माया न्यानो साथ अनि मजबुत विश्वास ।
सहयात्री विच माया साथ र विश्वास भएन भने महलमै
बसेपनि त्यो महलमा शान्ति सम्भव छैन । यदि झुपडीभित्र अशान्तिले
माया साथ र विश्वासले बनेको घरलाई नत सुनामीले बगाउन सक्छ, नत भुँईचालोले
भत्काउन सक्छ, नत आँधी हुरीले उडाउन सक्छ । माया साथ र विश्वास भयो भने
मात्र घर घर हुन्छ, घर घर भयो भने मात्र जिन्दगीका हरेक मोडमा सफलतानै
सफलता हुन्छ । हो मलाई त यस्तै लाग्छ त्यसैले त मैले उस्लाई माया दिए साथ
दिए विश्वास गरे । तर जिन्दगीको यो मोडमा आफ्नैबाट तिरस्कृत
बनेको पल मलाई लाग्यो हिजोका ती दिनहरुमा सायद म एउटा हातले
तालि बजाउन व्यस्त थिए । मलाई कसैले माया गर्छ साथ दिएको छ विश्वास
गरेको छ भन्ने मात्र मेरो भ्रम थियो । मेरो कस्तो दुर्भाग्य यो मनले
ताक्यो मुडो बन्चरोले ताक्यो घुडो । आज मेरो हिजोका ती सुन्दर हराभरा घर
संसार उजाड मरुभूमीमा परिणत भएको छ मेरो लागी र सबै
देखी टाढा पनि भएको छु । म असफल भए सबैको नजरमा छाउन, कारण
एकोहोरो मायामा पागल हुन पुगेर । के सोचे थे जिन्दगीमा के के भयो आज
उडायो सपना सबै हुरीले..............


letter...for my love....

के शब्दले सम्बोधन गरु तिमीलाई आफैँअलमलमा परे अनि सोचे तिम्रो नाम
मात्रैलेखु । कति नमिठो हुदोँरहेछविछोडको पिडा...नचाएरपनि
भोगीरहेको छु ।

मिलनका कसमहरुपुरा गर्ननसक्दा यो अन्तिमपलमा पनि तडपिरहेको छु।
तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जबसमयले नै धोका दिइगयो । साथ
रहनेवाचा हाम्रा सबै खेर भयो ।विवशता अनौठो आइलाग्यो, अप्ठेराहरुअच्चम
का देखापरे । सधैँ साथ दिन्छु भन्थे तरबाध्यतावश हाम्रो साथ छुट्यो ।..............

...........दोष तिम्रो केही छैन । दोष तमेरो नै हो ।
यो धर्तिमा आउँदा भगवानसितथोरै समय मात्र लिएर आएको रहेछु ।
तिमीसँगै जीवन बिताउने चाहना थियो तरसबै इच्छा कहाँ पुरा हुदाँ रहेछ
र !!!....... तिम्रो हृदय अब धेरै नदुखाउनु ।म तिमीबाट धेरै टाढा जादैँछु,
सक्छौ भनेमलाई माफ गरिदिनु । मलाईबिर्सी आफ्नो नयाँ संसार
बसाउनु...तिम्रो खुशिमा नैमेरोखुशि छ...बिन्ती तिम्रो नयनबाटकहिल्यै
आशुँ नर्झानु । यो जुनीलाई यस्तैभो अर्को जुनी संगै बिताउलाँ ।

तिमीलाई माया गर्नेll

किन यस्तो

Please! Phone त receives गरन , म किन यस्तो crazy भए भन्ने नसम्झनु –तिमी नै यति धेरै राम्री र सालिन, हसिलो छौ म भन्नै सक्दिन ! जसले एकै पटकमा मेरो मन चोर्यो, मेरो चैन खोस्यो ... थाहा छ तिमी लाइ भेट्नु भन्दा अघि म कस्तो बिन्दास थिए तर अहिले तिम्रो प्रेमदास भएछु ! अनि एउटा खुसीको कुरा छ – यो मनमा जे सुकै भए पनि साथीहरु सँग भेट हुदा मुसुक्क हासेर बोल्दिए पछी कसैलाई थाहा नहुदो रै’छ – यो मन भित्र तिमी प्रतिको कत्रो क्रेज छ भनेर, नत्र पहिले नै मलाई ति सबैले पागल भएछ भनी सक्ने थिए ! f u believes or not ...my love is last forever not fake...I really miss u...always! अहिले आएर यस्तो लाग्दैछ ...साच्ची यो संसारमा भगवान छन् भने उनलाई म भन्न चाहान्छु ... जो कोहि मान्छेको जीवनमा कसै सँग एक पटक प्रेम गराई देउ या उसको जीवनमा प्रेम जगाइदेउ तब मात्र उसले जीवनको स्वर्गीय आनन्द महसुस गर्न सक्दछ ! अनि मात्र जिउनुको महत्व बुझ्दछ ! जब मान्छे कसैको मायामा पर्छ ... उसको पुरै जीवन खुसी, सुखी भएको महसुस गर्दछ ! कसै बाट गालि खादा पनि हासी रा’हुन्छ ! मन चंगा झैँ नयनको शिर भरि खेली रा’हुन्छ सपना अनि विपना बनि ! ज कहाँ ...कुन अबस्थामा थिए !

डायरी 4


 
 
छोटो जीवनको लामो सम्जना अनि असिम प्यार.... अधुरो जिन्दगीको अपुरो जिवान्कहानी , खै कता बाट सुरु गरौ ति अतितका पानाहरु ! आरामै छु भनु भने त मुटु भरि बेथानै बेथा छ ! तै पनि तिम्रो जिन्दगीका हरेक पलहरु र हरेक छेंडहरु सुखमय होस् भन्ने चाहन्छु ! तिमीले त आफ्नो मायालाई चटक्कै भुलेर पर भयौ तर, पनि मैले आज सम...्म आफ्नो मायालाई भुल्न कोसिस गरे पनि सकेको भने छैन ! तिम्रो माया पाउदा यो मेरो जीवन एकाएक फुलेको फुल झैँ फुलेको थियो ! तर, अहिले मेरो जीवन ओइलाएको फुल झैँ भएकोछ ! कति रमाइला थियो त्यो हाम्रो बितेका दिनहरु ! मलाई था थियेनकी तेस्त दिन पनि आउछ भनेर ! तिमीले संगै जियुने संगै मर्ने कसम पनि आज खतम पारिदियौ ! आज यो बैरगीलाई यक्लो बनाई पर भयौ ! पुर्णिमाको रात जस्तै मेरो जीवन औसिको कालो रात बनाई दियौ ! बसन्तको फुल जस्तो फुल्ने मुहार आज सिसिर जस्तो उजाड बनाई दियौ ! जो संग जिन्दगी बिताउने सपना सजाएर राखेको थिए उसैलाई बिच बाटोमा छाडेरा हिड्नु पर्यो कति अभागी है म ? केही पल त बाकी छन् जिन्दगीका यस छेणमा पनि आफुलाई माया गर्ने मान्छेको साथ पाउन सकिन्!! मेरो अवस्था दिन - पर्ति दिन अति नाजुक हुदै गईरहेको छ । डुब्ना लागेको घाम र निभ्ना लागेको बत्तिको अबस्थामा पुगेको छु तर पनि कसैपर्ति गुनासो छैna

डायरी 3

अझै पनि केहि माया का कोसेलिहरु....!
कुनै दिन तिमीलाई अबस्य महसुस हुने नै
छ, ......तिम्रो जिन्दगिमा.मेरो कमि, ..
तर अफसोस..! त्यो दिन धेरै ढिला भैसकेको हुनेछ | ....किन कि तिमीले नै
बाध्य बनाएउ मलाइ नया जीवन सुरु गर्न ........त्यसैले म नया जीवनको सुरुवात गर्न
जादै छु......जतिबेला तिमीले पश्चाताप सिबाय केहि गर्न सक्ने
छैनौ...........!!!! त्यसैले तिमि जहाँ ,जोसंगर जुन हालत मा अहिले
छौ त्यसैमा चित्त बुझाउनु | मेरो जीवन मा पुन:फर्कने कोसिस
नगर्नु ,किनकि जहाँ तिमीजस्ती निस्ठुरिको लागि कुनै स्थान छैन |
हाम्रो भेट कुनै एउटा दुर्घटना सम्झनु ,
त्यसैले अब म तिमीसंग बिताएका केहि समय -पल र यादहरुलाइ पनि भुल्ने
कोसिस गर्दै छु र अरुकसैको लागि स्थान खाली गर्नुपर्ने भएको ले त्यो स्थान
खाली गर्दै छु| ... .......एउटा कुरा तिमीसंग मेरो एउटा नासो छ ,फिर्तागर्न
सक्छौ भने गरिदेउ ,हैन भने जति मेरो अधिकार छ ,त्यतिनै अधिकार
तिम्रो पनि छ त्यसिले गैर जिम्वार नबनी नासो सम्हाल्नु र रख्देख गर्नु ,
जसमा म पनि साथ दिने नै छु
बाकी सबै ठिकै छ , यसो कहिलेकाही दोबाटो मा भेट
हुदा मुन्टो नबटार्नु,त्यतिब ेला तिमीले सम्झनु कि कुनै दिन ता हामि संगै
थियौ भनि सम्झनु र बोल्नु ,अनि आत्मबल कम्जोर बनाएर जिबन त्याग्ने
कोसिस पनि नगर्नु ,, किन कि तिमीले मेरो प्रगति हेर्नु छ.मैले
पनि तिमीलाई मेरो प्रगति देखाउनु छ | अनि तिमीलाई मैले
यो पनि महसुस गराउनु छ कि म तिमिबेगरपनि कति खुसि छु
भनेर ,तिमीले साथ छोड्दा पनि म बाचेर गरिखान सक्छु भनि ,त्यसैले
पनि तिमीले मेरो प्रगति हेर्न को लाइ पनि जीवन त्याग्ने कुनै गलत
निर्णय नगर्नुहै ............... ..अन्त्यमा आफ्नु भाग्य मा जस्तो,र जति लेख्या छ
त्यति मात्र पाइन्छ भन्ने कुरा यहाँ लागु भएको छ | जसको भर परेर जुन निर्णय
तिमीले गरेकी थियेउ .त्यो तिमीले भोग्नै पर्छ ,त्यसमा कुनै दुई मत छैन.. | .
आजकल ता सुन्दैछु खै उसले पनि संसारनै
त्यागी सकेकोकुरा अनि तिम्रो मानसिक असन्तुलन को कुरा , ..... के गर्छौं त
निस्ठुरी मेरो मायालाई,अनि मेरो तिमीप्रति को त्यागलाई लत्याएर
ठुलो भाग खोज्दै आफै हिडेउ ,त्यो तिमीले रोजको बाटो थियो ,जुन तिमीले
स्वीकार गर्नै पर्छ ,अनि कसै कसैलाई र भन्छौ रे , मलाइ धोकादियो ,मलाइ
अलपत्र पार्यो भनेर त्यो भन्नु भन्दा पहिला एक पटक तिमि ऐनाहेरेर सोच
धोकेबाज को हो भनि आफै महसुस गर्ने छौ..


डायरी 2

के सोचेको थिए जिन्दगीमा के–के भयो आज आफ्नै जिन्दगीका भोगाईसँग
सपनाहरु नमिल्दा भित्री मन रोएको छ । विना घाउका चोटहरुले मेरो मुटूलाई
दुखाउँदै छ । सायद मेरो भाग्यमा दुख्नै लेखेको होला भनेर भड्किने मनलाई
थमथम्याउन विवस छु । दुई दिनको त जिन्दगी हो जीउनु पर्छ भन्ने लोभले
मनमा डेरा जमाएपछि दुखेर पनि जीउनु पर्ने रहेछ । जीवनका भोगाईले पूर्व,
सपनाहरुले पश्चिमको यात्रा तय गरेपछि मनमा सधैँ अशान्तिले निर्वाध
राजगर्न पाउँदो रहेछ । हरेक मान्छेले आ–आफ्नै तौर तरिकाले सपना देख्न पाउछ,
तर सबैको सपना पुरा नहुने रहेछ, मेरोपनि पुरा भएन । पुरा गर्नै नसक्ने
महत्वाकांक्षी सपना भने मैले पक्कै देखेको होईन म सारा भगवान छोएर भन्छु ।
मैले देखेका सपनाहरु सरल अनि सहज थिए तर त्यो पुरा हुन सकेन किन ?
कसैको त मन मुटूपनि कस्तो हुन्छ खै म सधैँ हैरान हुन्छु, यहि कुरा सम्झेर ।
हरेक दुःख सुखमा साथ दिने कसम खाएकै थिए केहि गर्छौ ,भन्दा मैले सहयोग
गर्छु भनेकै थिए । म कहिलेपनि उनको खुशीमा वाधक बनेको थिइन् । उनीले
इच्छाएका हरेक जाहेज कुरामा मेरो पूर्ण समर्थन रहने वाचा गर्दथे ।
मेरो मायामा कमि होला कि भनेर म हरेक पल उनलाई सदा खुशी राख्न लागिरहे
। हो म उनलाइ माया र विश्वास गर्थे आफैलाई भन्दा बढि । उनले
मायाको अभावको जिन्दगी गुजार्न नपरोस, उनलाई कसरी खुशी राख्न सक्छु
भन्ने बारे सोचि रहन्थे । उनको खुशीनै मेरो खुशी हो लाग्थ्यो । हरेक पल मैले
उनको खुशीको लागि खचिर्न चाहान्थे । उनलाइ खुशी दिनु मेरो शौभाग्य
हो म यहि सोच्थे । आखिर मेरो के भूल थियो उनले मलाई सधै पर्दामा राख्न
चाहिन् । मैले माया गर्दा गर्दै साथ दिन्छु भन्दा भन्दै उनले किन यस्तो गरिन
आखिर यो सब के का लागि गरिन् यस्तै प्रश्नहरुले मेरो मन
मष्तिस्कमा बारम्वार महाभारत मच्चाई रहन्छ । झुपडीनै होस् तर त्यो भित्र
अभाव नहोस् । होस् त केवल मीठो माया न्यानो साथ अनि मजबुत विश्वास ।
सहयात्री विच माया साथ र विश्वास भएन भने महलमै
बसेपनि त्यो महलमा शान्ति सम्भव छैन । यदि झुपडीभित्र अशान्तिले
माया साथ र विश्वासले बनेको घरलाई नत सुनामीले बगाउन सक्छ, नत भुँईचालोले
भत्काउन सक्छ, नत आँधी हुरीले उडाउन सक्छ । माया साथ र विश्वास भयो भने
मात्र घर घर हुन्छ, घर घर भयो भने मात्र जिन्दगीका हरेक मोडमा सफलतानै
सफलता हुन्छ । हो मलाई त यस्तै लाग्छ त्यसैले त मैले उस्लाई माया दिए साथ
दिए विश्वास गरे । तर जिन्दगीको यो मोडमा आफ्नैबाट तिरस्कृत
बनेको पल मलाई लाग्यो हिजोका ती दिनहरुमा सायद म एउटा हातले
तालि बजाउन व्यस्त थिए । मलाई कसैले माया गर्छ साथ दिएको छ विश्वास
गरेको छ भन्ने मात्र मेरो भ्रम थियो । मेरो कस्तो दुर्भाग्य यो मनले
ताक्यो मुडो बन्चरोले ताक्यो घुडो । आज मेरो हिजोका ती सुन्दर हराभरा घर
संसार उजाड मरुभूमीमा परिणत भएको छ मेरो लागी र सबै
देखी टाढा पनि भएको छु । म असफल भए सबैको नजरमा छाउन, कारण
एकोहोरो मायामा पागल हुन पुगेर । के सोचे थे जिन्दगीमा के के भयो आज
उडायो सपना सबै हुरीले...............?


Saturday, August 17, 2013

डायरी 1


आज धेरै दिन पछि मैले पूरानो मेमोरी फोनमा हालेर एका एक फोटो हेर्दै थिए
एक्कासि उहि मेरी काली को फोटो देख्दा म मेरो बिगतलाइ सम्झन पुगेछु
।..,,आहा त्यो जुनेली रातहरूमा हामी दुइ जाना जहिले पनि एकान्तमा रमाउन
चाहान्थ्यौ ।अझै पनि मलाई स्मरण छ त्यो रातहरू म सधै
मेरी कालीको काखमा सुतेर आकाशको जुनलाई हेरिरहन्थे ।
समुन्द्र भन्दा गहिरो,आकाश भन्दा फराकिलो माया गरेको थिए उसलाइ ।
यो जुनी त के सयौ जुनी नछुटिने बाचाँ कसम गरेका थियौ हामीले ।मेरो मन, मुटु
अनि मस्तिष्कमा मेरो काली लाई मात्र राखेको थिए।
काली धनी परीवारको एक्ली छोरी हुन भने म गरीब परीवारको छोरा हुँ ।म सधै
उसलाइ सोध्ने गर्थे तिमी कहाँ धनी बाउकी छोरी म काहाँ गरिब
बाउको छोरा के हाम्रो प्रेम तिम्रो बाबा आमाले स्वीकार्नुहुन्छ ?? उसले हास्दै
जवाफ फर्काउथि... हे काले तिमी पनि यस्तो कुरामा चिन्ता गर्ने हो म
जिन्दाबाद छु चिन्ता नगर बाबा आमाले हाम्रो प्रेम स्वीकार्नु भएन भने म
तिमी संगा भागेरै भएनी बिहे गर्छु भनि मेरो मन बुझाउने गर्थी ।
आखिरा समयकै खेल रहेछ ।त्यस्तो समय आउँला भनेर मैले सोचेको थिएन ।
एक्कासि काली को बुवाको साथी उसको छोरासंग काली को बिवाहको कुरो गर्न
काली को घरमा आउनुभएछ ।केटा पक्षय पनि निकै धनिरहेछ ।काली संग बिवाह
गर्न लागेको केटा चै पोखरा मा बिजनेस गर्दोरहेछ ।काली को बाबा आमाले
नि त्यो केटा मन पराउनु भएछ साथै बिहेको मिति समेत तोकिदिएछन् ।
त्यसै रात मेरो मोबाएलमा काली ले मेसेज यसरी लेखेर पठाएकी थिई ..."अब
मेरो चाडै नै बिबाह हुदैछ अब मलाई कल मेसेज केही पनि नगर
हाम्रो बिगतको पलहरूलाइ एउँटा सपना सम्झी भुलीदेऊ, म पनि भल्नेछु अल
बिदा बाइ बाइ ।"
यस्तो मेसेज देखे पछि मलाई काहा निन लाग्नु ।पाँच सयको रिचार्ज काड
किनेर फोनमा बोल्नु पर्यो भनेर फोन गरे but उसले मोबाएल स्वीच अफ
गरी की रहेछ । म रातभरी रोए उनीसंग बिताएका पलहरू सम्झिएर ।छ सात
दिन सम्म खाना नै खाएन मैले । म धेरै जले उसंगको बिछोडमा । अहिले त
उनी पोखरा तिरै husband संगै छिन रे ।
म उसलाइ के भन्न चाहान्छु भने "काली तिमले त मलाई सजिलै बिर्सेउ तर म
तिमीलाई कहिले नि भुल्ने छैन, तिमी संग बिताएका हरेक पलहरू अमिट
छाप बनि मेरो मनमा बसेकोछ ।म गरिब थिए म संग धन थिएन तर म संग
बिशाल मन छ ।आखिर तिमले धनि गरिबमा भेदभाव गर्यौ तिमी सधै
भरी धनी भैरहनु ल सकेसम्म पैसा नै खाएर बाच्नु