Monday, August 26, 2013

डायरी 5

के सोचेको थिए जिन्दगीमा के–के भयो आज आफ्नै जिन्दगीका भोगाईसँग
सपनाहरु नमिल्दा भित्री मन रोएको छ । विना घाउका चोटहरुले मेरो मुटूलाई
दुखाउँदै छ । सायद मेरो भाग्यमा दुख्नै लेखेको होला भनेर भड्किने मनलाई
थमथम्याउन विवस छु । दुई दिनको त जिन्दगी हो जीउनु पर्छ भन्ने लोभले
मनमा डेरा जमाएपछि दुखेर पनि जीउनु पर्ने रहेछ । जीवनका भोगाईले पूर्व,
सपनाहरुले पश्चिमको यात्रा तय गरेपछि मनमा सधैँ अशान्तिले निर्वाध
राजगर्न पाउँदो रहेछ । हरेक मान्छेले आ–आफ्नै तौर तरिकाले सपना देख्न पाउछ,
तर सबैको सपना पुरा नहुने रहेछ, मेरोपनि पुरा भएन । पुरा गर्नै नसक्ने
महत्वाकांक्षी सपना भने मैले पक्कै देखेको होईन म सारा भगवान छोएर भन्छु ।
मैले देखेका सपनाहरु सरल अनि सहज थिए तर त्यो पुरा हुन सकेन किन ?
कसैको त मन मुटूपनि कस्तो हुन्छ खै म सधैँ हैरान हुन्छु, यहि कुरा सम्झेर ।
हरेक दुःख सुखमा साथ दिने कसम खाएकै थिए केहि गर्छौ ,भन्दा मैले सहयोग
गर्छु भनेकै थिए । म कहिलेपनि उनको खुशीमा वाधक बनेको थिइन् । उनीले
इच्छाएका हरेक जाहेज कुरामा मेरो पूर्ण समर्थन रहने वाचा गर्दथे ।
मेरो मायामा कमि होला कि भनेर म हरेक पल उनलाई सदा खुशी राख्न लागिरहे
। हो म उनलाइ माया र विश्वास गर्थे आफैलाई भन्दा बढि । उनले
मायाको अभावको जिन्दगी गुजार्न नपरोस, उनलाई कसरी खुशी राख्न सक्छु
भन्ने बारे सोचि रहन्थे । उनको खुशीनै मेरो खुशी हो लाग्थ्यो । हरेक पल मैले
उनको खुशीको लागि खचिर्न चाहान्थे । उनलाइ खुशी दिनु मेरो शौभाग्य
हो म यहि सोच्थे । आखिर मेरो के भूल थियो उनले मलाई सधै पर्दामा राख्न
चाहिन् । मैले माया गर्दा गर्दै साथ दिन्छु भन्दा भन्दै उनले किन यस्तो गरिन
आखिर यो सब के का लागि गरिन् यस्तै प्रश्नहरुले मेरो मन
मष्तिस्कमा बारम्वार महाभारत मच्चाई रहन्छ । झुपडीनै होस् तर त्यो भित्र
अभाव नहोस् । होस् त केवल मीठो माया न्यानो साथ अनि मजबुत विश्वास ।
सहयात्री विच माया साथ र विश्वास भएन भने महलमै
बसेपनि त्यो महलमा शान्ति सम्भव छैन । यदि झुपडीभित्र अशान्तिले
माया साथ र विश्वासले बनेको घरलाई नत सुनामीले बगाउन सक्छ, नत भुँईचालोले
भत्काउन सक्छ, नत आँधी हुरीले उडाउन सक्छ । माया साथ र विश्वास भयो भने
मात्र घर घर हुन्छ, घर घर भयो भने मात्र जिन्दगीका हरेक मोडमा सफलतानै
सफलता हुन्छ । हो मलाई त यस्तै लाग्छ त्यसैले त मैले उस्लाई माया दिए साथ
दिए विश्वास गरे । तर जिन्दगीको यो मोडमा आफ्नैबाट तिरस्कृत
बनेको पल मलाई लाग्यो हिजोका ती दिनहरुमा सायद म एउटा हातले
तालि बजाउन व्यस्त थिए । मलाई कसैले माया गर्छ साथ दिएको छ विश्वास
गरेको छ भन्ने मात्र मेरो भ्रम थियो । मेरो कस्तो दुर्भाग्य यो मनले
ताक्यो मुडो बन्चरोले ताक्यो घुडो । आज मेरो हिजोका ती सुन्दर हराभरा घर
संसार उजाड मरुभूमीमा परिणत भएको छ मेरो लागी र सबै
देखी टाढा पनि भएको छु । म असफल भए सबैको नजरमा छाउन, कारण
एकोहोरो मायामा पागल हुन पुगेर । के सोचे थे जिन्दगीमा के के भयो आज
उडायो सपना सबै हुरीले..............


letter...for my love....

के शब्दले सम्बोधन गरु तिमीलाई आफैँअलमलमा परे अनि सोचे तिम्रो नाम
मात्रैलेखु । कति नमिठो हुदोँरहेछविछोडको पिडा...नचाएरपनि
भोगीरहेको छु ।

मिलनका कसमहरुपुरा गर्ननसक्दा यो अन्तिमपलमा पनि तडपिरहेको छु।
तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जबसमयले नै धोका दिइगयो । साथ
रहनेवाचा हाम्रा सबै खेर भयो ।विवशता अनौठो आइलाग्यो, अप्ठेराहरुअच्चम
का देखापरे । सधैँ साथ दिन्छु भन्थे तरबाध्यतावश हाम्रो साथ छुट्यो ।..............

...........दोष तिम्रो केही छैन । दोष तमेरो नै हो ।
यो धर्तिमा आउँदा भगवानसितथोरै समय मात्र लिएर आएको रहेछु ।
तिमीसँगै जीवन बिताउने चाहना थियो तरसबै इच्छा कहाँ पुरा हुदाँ रहेछ
र !!!....... तिम्रो हृदय अब धेरै नदुखाउनु ।म तिमीबाट धेरै टाढा जादैँछु,
सक्छौ भनेमलाई माफ गरिदिनु । मलाईबिर्सी आफ्नो नयाँ संसार
बसाउनु...तिम्रो खुशिमा नैमेरोखुशि छ...बिन्ती तिम्रो नयनबाटकहिल्यै
आशुँ नर्झानु । यो जुनीलाई यस्तैभो अर्को जुनी संगै बिताउलाँ ।

तिमीलाई माया गर्नेll

किन यस्तो

Please! Phone त receives गरन , म किन यस्तो crazy भए भन्ने नसम्झनु –तिमी नै यति धेरै राम्री र सालिन, हसिलो छौ म भन्नै सक्दिन ! जसले एकै पटकमा मेरो मन चोर्यो, मेरो चैन खोस्यो ... थाहा छ तिमी लाइ भेट्नु भन्दा अघि म कस्तो बिन्दास थिए तर अहिले तिम्रो प्रेमदास भएछु ! अनि एउटा खुसीको कुरा छ – यो मनमा जे सुकै भए पनि साथीहरु सँग भेट हुदा मुसुक्क हासेर बोल्दिए पछी कसैलाई थाहा नहुदो रै’छ – यो मन भित्र तिमी प्रतिको कत्रो क्रेज छ भनेर, नत्र पहिले नै मलाई ति सबैले पागल भएछ भनी सक्ने थिए ! f u believes or not ...my love is last forever not fake...I really miss u...always! अहिले आएर यस्तो लाग्दैछ ...साच्ची यो संसारमा भगवान छन् भने उनलाई म भन्न चाहान्छु ... जो कोहि मान्छेको जीवनमा कसै सँग एक पटक प्रेम गराई देउ या उसको जीवनमा प्रेम जगाइदेउ तब मात्र उसले जीवनको स्वर्गीय आनन्द महसुस गर्न सक्दछ ! अनि मात्र जिउनुको महत्व बुझ्दछ ! जब मान्छे कसैको मायामा पर्छ ... उसको पुरै जीवन खुसी, सुखी भएको महसुस गर्दछ ! कसै बाट गालि खादा पनि हासी रा’हुन्छ ! मन चंगा झैँ नयनको शिर भरि खेली रा’हुन्छ सपना अनि विपना बनि ! ज कहाँ ...कुन अबस्थामा थिए !

डायरी 4


 
 
छोटो जीवनको लामो सम्जना अनि असिम प्यार.... अधुरो जिन्दगीको अपुरो जिवान्कहानी , खै कता बाट सुरु गरौ ति अतितका पानाहरु ! आरामै छु भनु भने त मुटु भरि बेथानै बेथा छ ! तै पनि तिम्रो जिन्दगीका हरेक पलहरु र हरेक छेंडहरु सुखमय होस् भन्ने चाहन्छु ! तिमीले त आफ्नो मायालाई चटक्कै भुलेर पर भयौ तर, पनि मैले आज सम...्म आफ्नो मायालाई भुल्न कोसिस गरे पनि सकेको भने छैन ! तिम्रो माया पाउदा यो मेरो जीवन एकाएक फुलेको फुल झैँ फुलेको थियो ! तर, अहिले मेरो जीवन ओइलाएको फुल झैँ भएकोछ ! कति रमाइला थियो त्यो हाम्रो बितेका दिनहरु ! मलाई था थियेनकी तेस्त दिन पनि आउछ भनेर ! तिमीले संगै जियुने संगै मर्ने कसम पनि आज खतम पारिदियौ ! आज यो बैरगीलाई यक्लो बनाई पर भयौ ! पुर्णिमाको रात जस्तै मेरो जीवन औसिको कालो रात बनाई दियौ ! बसन्तको फुल जस्तो फुल्ने मुहार आज सिसिर जस्तो उजाड बनाई दियौ ! जो संग जिन्दगी बिताउने सपना सजाएर राखेको थिए उसैलाई बिच बाटोमा छाडेरा हिड्नु पर्यो कति अभागी है म ? केही पल त बाकी छन् जिन्दगीका यस छेणमा पनि आफुलाई माया गर्ने मान्छेको साथ पाउन सकिन्!! मेरो अवस्था दिन - पर्ति दिन अति नाजुक हुदै गईरहेको छ । डुब्ना लागेको घाम र निभ्ना लागेको बत्तिको अबस्थामा पुगेको छु तर पनि कसैपर्ति गुनासो छैna

डायरी 3

अझै पनि केहि माया का कोसेलिहरु....!
कुनै दिन तिमीलाई अबस्य महसुस हुने नै
छ, ......तिम्रो जिन्दगिमा.मेरो कमि, ..
तर अफसोस..! त्यो दिन धेरै ढिला भैसकेको हुनेछ | ....किन कि तिमीले नै
बाध्य बनाएउ मलाइ नया जीवन सुरु गर्न ........त्यसैले म नया जीवनको सुरुवात गर्न
जादै छु......जतिबेला तिमीले पश्चाताप सिबाय केहि गर्न सक्ने
छैनौ...........!!!! त्यसैले तिमि जहाँ ,जोसंगर जुन हालत मा अहिले
छौ त्यसैमा चित्त बुझाउनु | मेरो जीवन मा पुन:फर्कने कोसिस
नगर्नु ,किनकि जहाँ तिमीजस्ती निस्ठुरिको लागि कुनै स्थान छैन |
हाम्रो भेट कुनै एउटा दुर्घटना सम्झनु ,
त्यसैले अब म तिमीसंग बिताएका केहि समय -पल र यादहरुलाइ पनि भुल्ने
कोसिस गर्दै छु र अरुकसैको लागि स्थान खाली गर्नुपर्ने भएको ले त्यो स्थान
खाली गर्दै छु| ... .......एउटा कुरा तिमीसंग मेरो एउटा नासो छ ,फिर्तागर्न
सक्छौ भने गरिदेउ ,हैन भने जति मेरो अधिकार छ ,त्यतिनै अधिकार
तिम्रो पनि छ त्यसिले गैर जिम्वार नबनी नासो सम्हाल्नु र रख्देख गर्नु ,
जसमा म पनि साथ दिने नै छु
बाकी सबै ठिकै छ , यसो कहिलेकाही दोबाटो मा भेट
हुदा मुन्टो नबटार्नु,त्यतिब ेला तिमीले सम्झनु कि कुनै दिन ता हामि संगै
थियौ भनि सम्झनु र बोल्नु ,अनि आत्मबल कम्जोर बनाएर जिबन त्याग्ने
कोसिस पनि नगर्नु ,, किन कि तिमीले मेरो प्रगति हेर्नु छ.मैले
पनि तिमीलाई मेरो प्रगति देखाउनु छ | अनि तिमीलाई मैले
यो पनि महसुस गराउनु छ कि म तिमिबेगरपनि कति खुसि छु
भनेर ,तिमीले साथ छोड्दा पनि म बाचेर गरिखान सक्छु भनि ,त्यसैले
पनि तिमीले मेरो प्रगति हेर्न को लाइ पनि जीवन त्याग्ने कुनै गलत
निर्णय नगर्नुहै ............... ..अन्त्यमा आफ्नु भाग्य मा जस्तो,र जति लेख्या छ
त्यति मात्र पाइन्छ भन्ने कुरा यहाँ लागु भएको छ | जसको भर परेर जुन निर्णय
तिमीले गरेकी थियेउ .त्यो तिमीले भोग्नै पर्छ ,त्यसमा कुनै दुई मत छैन.. | .
आजकल ता सुन्दैछु खै उसले पनि संसारनै
त्यागी सकेकोकुरा अनि तिम्रो मानसिक असन्तुलन को कुरा , ..... के गर्छौं त
निस्ठुरी मेरो मायालाई,अनि मेरो तिमीप्रति को त्यागलाई लत्याएर
ठुलो भाग खोज्दै आफै हिडेउ ,त्यो तिमीले रोजको बाटो थियो ,जुन तिमीले
स्वीकार गर्नै पर्छ ,अनि कसै कसैलाई र भन्छौ रे , मलाइ धोकादियो ,मलाइ
अलपत्र पार्यो भनेर त्यो भन्नु भन्दा पहिला एक पटक तिमि ऐनाहेरेर सोच
धोकेबाज को हो भनि आफै महसुस गर्ने छौ..


डायरी 2

के सोचेको थिए जिन्दगीमा के–के भयो आज आफ्नै जिन्दगीका भोगाईसँग
सपनाहरु नमिल्दा भित्री मन रोएको छ । विना घाउका चोटहरुले मेरो मुटूलाई
दुखाउँदै छ । सायद मेरो भाग्यमा दुख्नै लेखेको होला भनेर भड्किने मनलाई
थमथम्याउन विवस छु । दुई दिनको त जिन्दगी हो जीउनु पर्छ भन्ने लोभले
मनमा डेरा जमाएपछि दुखेर पनि जीउनु पर्ने रहेछ । जीवनका भोगाईले पूर्व,
सपनाहरुले पश्चिमको यात्रा तय गरेपछि मनमा सधैँ अशान्तिले निर्वाध
राजगर्न पाउँदो रहेछ । हरेक मान्छेले आ–आफ्नै तौर तरिकाले सपना देख्न पाउछ,
तर सबैको सपना पुरा नहुने रहेछ, मेरोपनि पुरा भएन । पुरा गर्नै नसक्ने
महत्वाकांक्षी सपना भने मैले पक्कै देखेको होईन म सारा भगवान छोएर भन्छु ।
मैले देखेका सपनाहरु सरल अनि सहज थिए तर त्यो पुरा हुन सकेन किन ?
कसैको त मन मुटूपनि कस्तो हुन्छ खै म सधैँ हैरान हुन्छु, यहि कुरा सम्झेर ।
हरेक दुःख सुखमा साथ दिने कसम खाएकै थिए केहि गर्छौ ,भन्दा मैले सहयोग
गर्छु भनेकै थिए । म कहिलेपनि उनको खुशीमा वाधक बनेको थिइन् । उनीले
इच्छाएका हरेक जाहेज कुरामा मेरो पूर्ण समर्थन रहने वाचा गर्दथे ।
मेरो मायामा कमि होला कि भनेर म हरेक पल उनलाई सदा खुशी राख्न लागिरहे
। हो म उनलाइ माया र विश्वास गर्थे आफैलाई भन्दा बढि । उनले
मायाको अभावको जिन्दगी गुजार्न नपरोस, उनलाई कसरी खुशी राख्न सक्छु
भन्ने बारे सोचि रहन्थे । उनको खुशीनै मेरो खुशी हो लाग्थ्यो । हरेक पल मैले
उनको खुशीको लागि खचिर्न चाहान्थे । उनलाइ खुशी दिनु मेरो शौभाग्य
हो म यहि सोच्थे । आखिर मेरो के भूल थियो उनले मलाई सधै पर्दामा राख्न
चाहिन् । मैले माया गर्दा गर्दै साथ दिन्छु भन्दा भन्दै उनले किन यस्तो गरिन
आखिर यो सब के का लागि गरिन् यस्तै प्रश्नहरुले मेरो मन
मष्तिस्कमा बारम्वार महाभारत मच्चाई रहन्छ । झुपडीनै होस् तर त्यो भित्र
अभाव नहोस् । होस् त केवल मीठो माया न्यानो साथ अनि मजबुत विश्वास ।
सहयात्री विच माया साथ र विश्वास भएन भने महलमै
बसेपनि त्यो महलमा शान्ति सम्भव छैन । यदि झुपडीभित्र अशान्तिले
माया साथ र विश्वासले बनेको घरलाई नत सुनामीले बगाउन सक्छ, नत भुँईचालोले
भत्काउन सक्छ, नत आँधी हुरीले उडाउन सक्छ । माया साथ र विश्वास भयो भने
मात्र घर घर हुन्छ, घर घर भयो भने मात्र जिन्दगीका हरेक मोडमा सफलतानै
सफलता हुन्छ । हो मलाई त यस्तै लाग्छ त्यसैले त मैले उस्लाई माया दिए साथ
दिए विश्वास गरे । तर जिन्दगीको यो मोडमा आफ्नैबाट तिरस्कृत
बनेको पल मलाई लाग्यो हिजोका ती दिनहरुमा सायद म एउटा हातले
तालि बजाउन व्यस्त थिए । मलाई कसैले माया गर्छ साथ दिएको छ विश्वास
गरेको छ भन्ने मात्र मेरो भ्रम थियो । मेरो कस्तो दुर्भाग्य यो मनले
ताक्यो मुडो बन्चरोले ताक्यो घुडो । आज मेरो हिजोका ती सुन्दर हराभरा घर
संसार उजाड मरुभूमीमा परिणत भएको छ मेरो लागी र सबै
देखी टाढा पनि भएको छु । म असफल भए सबैको नजरमा छाउन, कारण
एकोहोरो मायामा पागल हुन पुगेर । के सोचे थे जिन्दगीमा के के भयो आज
उडायो सपना सबै हुरीले...............?


Saturday, August 17, 2013

डायरी 1


आज धेरै दिन पछि मैले पूरानो मेमोरी फोनमा हालेर एका एक फोटो हेर्दै थिए
एक्कासि उहि मेरी काली को फोटो देख्दा म मेरो बिगतलाइ सम्झन पुगेछु
।..,,आहा त्यो जुनेली रातहरूमा हामी दुइ जाना जहिले पनि एकान्तमा रमाउन
चाहान्थ्यौ ।अझै पनि मलाई स्मरण छ त्यो रातहरू म सधै
मेरी कालीको काखमा सुतेर आकाशको जुनलाई हेरिरहन्थे ।
समुन्द्र भन्दा गहिरो,आकाश भन्दा फराकिलो माया गरेको थिए उसलाइ ।
यो जुनी त के सयौ जुनी नछुटिने बाचाँ कसम गरेका थियौ हामीले ।मेरो मन, मुटु
अनि मस्तिष्कमा मेरो काली लाई मात्र राखेको थिए।
काली धनी परीवारको एक्ली छोरी हुन भने म गरीब परीवारको छोरा हुँ ।म सधै
उसलाइ सोध्ने गर्थे तिमी कहाँ धनी बाउकी छोरी म काहाँ गरिब
बाउको छोरा के हाम्रो प्रेम तिम्रो बाबा आमाले स्वीकार्नुहुन्छ ?? उसले हास्दै
जवाफ फर्काउथि... हे काले तिमी पनि यस्तो कुरामा चिन्ता गर्ने हो म
जिन्दाबाद छु चिन्ता नगर बाबा आमाले हाम्रो प्रेम स्वीकार्नु भएन भने म
तिमी संगा भागेरै भएनी बिहे गर्छु भनि मेरो मन बुझाउने गर्थी ।
आखिरा समयकै खेल रहेछ ।त्यस्तो समय आउँला भनेर मैले सोचेको थिएन ।
एक्कासि काली को बुवाको साथी उसको छोरासंग काली को बिवाहको कुरो गर्न
काली को घरमा आउनुभएछ ।केटा पक्षय पनि निकै धनिरहेछ ।काली संग बिवाह
गर्न लागेको केटा चै पोखरा मा बिजनेस गर्दोरहेछ ।काली को बाबा आमाले
नि त्यो केटा मन पराउनु भएछ साथै बिहेको मिति समेत तोकिदिएछन् ।
त्यसै रात मेरो मोबाएलमा काली ले मेसेज यसरी लेखेर पठाएकी थिई ..."अब
मेरो चाडै नै बिबाह हुदैछ अब मलाई कल मेसेज केही पनि नगर
हाम्रो बिगतको पलहरूलाइ एउँटा सपना सम्झी भुलीदेऊ, म पनि भल्नेछु अल
बिदा बाइ बाइ ।"
यस्तो मेसेज देखे पछि मलाई काहा निन लाग्नु ।पाँच सयको रिचार्ज काड
किनेर फोनमा बोल्नु पर्यो भनेर फोन गरे but उसले मोबाएल स्वीच अफ
गरी की रहेछ । म रातभरी रोए उनीसंग बिताएका पलहरू सम्झिएर ।छ सात
दिन सम्म खाना नै खाएन मैले । म धेरै जले उसंगको बिछोडमा । अहिले त
उनी पोखरा तिरै husband संगै छिन रे ।
म उसलाइ के भन्न चाहान्छु भने "काली तिमले त मलाई सजिलै बिर्सेउ तर म
तिमीलाई कहिले नि भुल्ने छैन, तिमी संग बिताएका हरेक पलहरू अमिट
छाप बनि मेरो मनमा बसेकोछ ।म गरिब थिए म संग धन थिएन तर म संग
बिशाल मन छ ।आखिर तिमले धनि गरिबमा भेदभाव गर्यौ तिमी सधै
भरी धनी भैरहनु ल सकेसम्म पैसा नै खाएर बाच्नु
 

Monday, August 5, 2013

लेख : तिम्रै लागि

लेख : तिम्रै लागि 


 
लेख्न मन त थिएन तर आज बिरामी भएर लामो समय सम्म सुतेर बस्नु पर्दा –तिम्रो धेरै याद
आयो अनि आफुलाई रोक्नै सकिन.... अनि आफ्नो मनको कुरा सुनाउन पनि सकिन ! Share
गर्दा मन केहि हल्का हुने थियो कि भन्ठानेर SMS गरेको sorry for that अब देखी SMS पनि
लेख्न try गर्ने छुइन, यदि गरे भने नपढी delete गर्दिनु ल ! यति पनि कति मन थामेर लेखे भन्ने
कुरा मेरो मनलाइ मात्र थाहा’छ कति धेरै मान्छेहरुलाई म सम्झाउने र सल्लाह दिन्छु / frustration
भएका लाइ motivate गराउने पनि गर्छु तर आज आफ्नै मनलाई सम्झाउन सकिरहेको छुइन !
I'm gonna mad... मलाइ आफै देखि मुर्मुरिन मन लाग्छ, यति धेरै सम्झना किन आउ’छ – अझ
आफुलाई dislike र कुनै response नगर्नेको ??. कति बिर्सन खोज्छु, बिर्सन किन यति गाह्रो हुने...?
खालि तिम्रो मात्र सम्झना आउछ ... अनि यो सम्झना ... कति पीडादायी हुदो रहेछ भने ... केहि
कुरा सँग पनि तुलना गर्न सकिन मैले ! तिम्रै मात्र याद आइरहेको हुन्छ –यो मनमा/ मस्तिष्कमा !
खै किन र कसरि हो थाहा छैन ? नसोच्दा पनि कसरि मन खेली रहेको हुदो रहेछ, निन्द्रा र भोक
कता हराउछ थाहा नै छैन, study मा ध्याननै छैन, गितहरु पनि सुन्न मन लाग्दैन –हैन ! सबै गीतहरु
मेरा लागी र मलाइ नै जिस्काउन मात्र गाइएका हुन् कि क्या हो जस्तो लाग्छ !!! ( कसैले मेरा कुरा
सुन्दा पनि वाइयात लाग्ने कुरा झैँ )... अझ एक्लै भए भने झन् गाह्रो ...यो मन कति खेल्छ खेल्छ
– भुराभुरी धुलामा खेले भन्दा पनि बढी ! हिजो देखि बेडपरेको छु (बिरामी भएर)... Doctors ले केहि
painkiller रantibiotic medicine दिएको छ ... weather change भएकोले यस्तो भएको हो ... भोलि ठिक
हुन्छ भनेर भनेको छ ... तर त्यसलाई के थाहा यो पिडा निको हुन् कति समय लाग्छ भनेर J ....... घरि
घरि त् यस्तो लाग्छ कि मलाइ किन यस्तो भएको भनेर जोडले चिच्याएर बसौ जस्तो ! ..... हैन मैले
तिमीलाई भेट्नु नै मेरो गल्ति हो भने .... यो भन्दा पहिला कति लाइ भेटे भेटे !! तर केहि त्यस्तो
विशेष भएन ... तर तर ...!!! कतिले मलाइ नै फोर्स पनि गरे ! सब नखरा जस्तो मात्र लाग्थ्यो तर
तिमी ... ! May be have something connection with you ...I feels I'm belong with you but it's doesn't
matter, now haven't any value of this bcoz your already with someone ... किन कसै कसैको माया
यति धेरै लाग्छ .... ??? कास ! तिमि सँग भेट नभएको भए कति जाति हुनेथियो..... म आफ्नै संसारमा
हराएको थिए, मस्त अनि निस्फिक्री थिए ! Yes, I did mistake... अनि त यस्तो लाग्छ –‘साच्चै यो मन
ढुंगा भए कति जाति हुने थियो ....न त् हुन्थ्यो पिडा न त् माया
श्रीशंत शर्मा। ।


प्रेम सम्बन्धि

 प्रेम सम्बन्धि 


 
सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै
थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु
गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर
लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो
कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि
तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा
बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु ।
चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै,
जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन
छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन
मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें
बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि
पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ ।
सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा
तिमिलाइ देख्छु । किन मलाई यस्तो गर्यौ म
त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म
प्रेममा जिवनको पहिलो पटक परेको छु ,
हो…… हो…… मेरि माया, माया गर्छु ति-
मिलाइ म, माया लाउँन त धेरैले खोजे, बाटो
हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो
तिमिलाइ, हरपल तिम्रै मुस्कानको यादले
सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले
आज म तिमिलाइ माया ओ माया म गर्छु
तिमिलाइ नै भन्न चाहन्छु । त्यसैले स्वि-
कार नकार खुसि तिम्रो नै चाहन्छु तिमिलाइ
अन्तिम सास रहुन्जेल सम्मै
 
 

Sunday, August 4, 2013

गीत : खेल रै'छ तिम्रो माया,हराएर गयौं तिमी

 गीत : खेल रै'छ तिम्रो माया,हराएर गयौं तिमी 




खेल रै'छ तिम्रो माया,हराएर गयौं तिमी
जुनी भरी रुने मलाई,बनाएर गयौं तिमी

स्विकारेकै थिए आखिर,जसोतसो हार पनि
झरिदिदा आँसु मेरा,खुशी तिम्लाई मिल्ला भनी
तर अझै सकिनछु,पापी त्यो मन रुजाउन
कतै खुशी छ कि भनी,आइदिन्छ चिहाउन

खेल रै'छ तिम्रो माया,हराएर गयौं तिमी
जुनी भरी रुने मलाई,बनाएर गयौं तिमी

चोखो प्रितमा पाएँ सजायँ,यादमा तड्पी बाँच्नु पर्यो
अटुट नाता जिन्दगीले,आँसु सँगै गाँस्नु पर्यो
माग्या भए दिन्थे प्राण,किन गर्यौ यस्तो घात
भनेकै थे बाँच्दिन म,नपाएमा तिम्रो साथ


खेल रै'छ तिम्रो माया,हराएर गयौं तिमी
जुनी भरी रुने मलाई,बनाएर गयौं तिमी 



प्रतिलिपि अधिकार © २०७० श्रीशंत शर्मा
 

प्रेम पागल

 प्रेम पागल 


 
मुटुभित्र सानो घाऊ बनेछ तिम्रो प्रेम बियोगमा
हाँस्दा हाँस्दै रुनु पर्यो बाटो फेरियो जीवनको मोडमा
तिम्रो लागि सबै छोडे सबै नाता तोडे
आज म एक्लो पंक्षी गुँड भयो ढल्न लागेको बोटमा
न त फेरि पलाए नयाँ पालुवा न त फुले फूलहरु नै
पिडाको सागरमा डुबी मलम लाउँदैछु तिमीले
दिएको चोटमा दिन बित्यो चिन्तामा रात बित्यो तातो आँसु
बगाएर
भुल्न सकिन छरिएको मिठो मुस्कान
तिम्रो ओठमा जसरी आयौ त्यसरी नै गयौ मेरो जीबनमा हुरी बतास झै
पर्खी बसेको छु आज पनि सगै जिउने कसम
खाएको पिपलको बोटमा

पत्र १

पत्र सानुको लागि


प्रिय सानु.....
यो पत्र एकपटक पुरा पढ ल ! केबल मेरो लागि असिमित प्रेमका भाबनाहरु केवल तिमीलाई खै
के र कसरी लेखौ, आफै अन्जान छु | हृदय भित्र अथाह प्रेम छ, ब्यक्त गर्न यी ओठहरु काप्छन |
किनभने मैले कसैको खुसी खोस्नत लागिन,तर आफै मनमा उत्तर आउछ आफुलाई मन परेपछि
प्रेम प्रस्ताब राख्नु मेरो गल्ति त होइन | यसरि मनमा उर्लियका दोधार पनलाई मुटुभित्र गाठो पारेर
यो कलम लाई अगाडी बढाउदै छु | दोमन भाबनाहरुलाई यसरि नै कति दिन सम्म त आफ्नै हृदयमा
सिमित राख्ने प्रयास त कति गरे तर पनि हृदयको धड्कन बढ्दै गएको बोझ बिसाउन मायारुपी डुंगामा
सैर गर्दैछु | हुन त आसातित भावनाहरु सबै सफल हुन्छन भन्ने छैन र एकका भाबनाहरु र बिचारहरु
अर्कोलाई घिडितहुन पनि सक्छन | तेसैले घिडित भावनाहरु मैले ब्यक्त गरेको रहेछु भने अज्ञानि
ठानी जलाइदिनु तर यस प्रस्ताब आरु माझ नपुगोस |

प्रिय मलाई थाहा छैन म प्रतिको तिम्रो हेराईको भाबना कस्तो छ | तै पनि म बिबस छु तिम्रो भाबना र
चाहनाहरु बुझ्न यी नयनहरु कति आतुर छन् | तिमिसंग भएकोभेट देखि नै यो हृदयमा प्रेम भन्ने
भाबना पलाउन थालेकोहो जुन दिन यी चार आखाँहरु एक आपसमा आफ्ना भावना साटासाट गरि यी
ओठहरु मुस्कुराई रहेका थिए, कतिन्जेल अवोध झैँ मै मौनवर्त लिई व्कुल्तामा बसौ मनका चाहना,
भावना र प्रेमलाई कतिन्जेल कुजो बनाएरबसौ अनि कहाँ सुरक्षित गरौ त्यो तिम्रो सुन्दर आकृति,
त्यस्तै पत्थर भवनहरुलाई कोमलतामा परिवर्तन गर्ने द्रिढसंकल्प सहित तिमि सामु उपस्थित
भएकोछु | “मेरो भन्दा तिम्रो आफ्नु ख्यल राखी सोचेर विचार गरेर पत्रको जवाफ पत्र बाट नै देउ ल !”
अन्त्यमा,..................

जिन्दगीको हरेक मोडमा आइपर्ने उतार चडावलाई सामना गर्नवाध्य वा ज्वारभाट प्रफुटित भएर
आज म यो निर्णयमा पुगे तसर्थ तिमीले अवस्य पनि मेरा मनका बिचार र भावनाहरुलाई सकारा-
त्मक रुपमा लिंछ्यौ भन्ने पूर्ण आशाका साथ बाकी निर्णय तिमि समक्ष छोड्दै तिम्रो पत्रको प्रति-
क्षामा बाचिरहेछु,,....

Saturday, August 3, 2013

लेख : दोष तिम्रो कि मेरो …………….


लेख : दोष तिम्रो कि मेरो ……………. 

 
खै काहा बटा सुरु गरु मेरो मनको भावनाहरु।
जे हुनु भै सकेको छ, तै पनी यो मन तिमीलाईनै सम्झिरहन्छ।
हुन त तिमिले मलाई मात्र दोषी भनिरहेको हौली तर दोष तिम्रो
अनि मेरो थिएन, दोष त हाम्रो थियो र केहि बढीमात्रामा मेरो थियो।
जिबनका यथार्थलाई बुझ्न नसक्नु तिम्रो दोष थियो अनि तिम्रो माया
बुझ्न नसक्नु मेरो दोष थियो।
समग्रमा दोष हाम्रो नै थियो।

खैर, अब ति बिगतका गल्तिहरु कोट्याएर तिम्रो मन लाई सास्ति दिन
चाहादिन।तिमि मेरो जिबनमा के रहेछौ भन्ने कुरा जब तिमी गयौ तब
मात्र बुझे, सायद मेरो कर्ममा सधै पछुताउन लेखेको रहेछ।
तिमिलाई पनि याद होला हरेक दु:ख सु:ख बाड्ने गर्दथ्यौ, जब तिमी
गयौ तब पो थाहा भयो मलाई त तिम्रो बनि परेको रहेछ। सबै कुरा
बाड्ने बानि लागेकोमलाई तिम्रो बिछोडको पिडा कसै संग बाड्न
नपाउदा को पिडा सहन नसकि तिमिलाई नै खोज्दै हिडे तर तिमि
त यति टाडा भै सकेको रहेछौ कि यो जन्म मा तिमिलाई भेट्नु प्राय
असम्भब नै भयो।

तिमिलाई भेटुला र तिमि गए पछीका भबना तिमिलाईनै सुनाउला
भने मेरो आसा हप्ता महिना अनि बर्षौ भई सक्यो। मलाई थाहा छ
अबहाम्रो भेट हुने छैन तर यो मन नमान्दो रहेछ सायद त्यसैले होला
यो चिठी लेख्दै छु। तिमि त बोलिमा पक्कारहिछौ, भन्ने गर्दथ्यौ
“तिमि संग छुटीनु परेमा, तिम्रो सामु कहिलै पर्ने छैन” तिमिले त
आफ्नो बाचा पुर्यायौ, सयाद मनै रहेछु, जिबन भर साथ दिउला भन्ने
बाचा पुरा गर्न सकिन।
जब सगै थियौं, तिमिले यथार्थ बुझ्न सकिनौ, तिमि टाडियौ, भुल्न
खोजे तर पनि अझै धेरै याद आउछ सायद अब मैले यथार्थ बुझ्न
सकेको छैन।

भुल्न खोज्छु तिम्रो अनुहार, तिम्रा मायाले भरिएका चुम्बनले
झस्काउछ, भुल्न खोज्छु तिम्रो माया, तिम्रो न्यानो अंगालोले
झस्काउछ र भुल्न खोज्छु तिम्रो नाम आफैलाई भुलेजस्तो लाग्छ।

तिमि त सायद अर्कैको अंगालो भित्र बाधिरहेको हौली, तर मैले त
अझै पनि तिम्रो अंगालो भुल्न सकिन त्यसैले अहिले सम्म कसैको
अंगालो स्विकार्न सकेको छैन।तिम्रो माया चिन्न सकिन त्यस्को
सजाय भोगिरहेछु। सायद यो सुन्दा तिमिलाई खुसी लाग्ला।
मलाई कुनै पश्चताप छैन, आखिर तिमि त खुसी नै छौ नि।किनारामा
हिडीरहेछु, मात्र तिम्रो याद बोकी, छाल आउछमेट्न खोज्छ,
तर पनि मेटिदैन, लाग्छ तिम्रै छायाँ हो कि।
उहि निष्टुरि,
श्रीशंत शर्मा ।

गीत : तिम्रो सबै पिर ब्यथा राख्छु मेरो मुटु माथि


 गीत : तिम्रो सबै पिर ब्यथा राख्छु मेरो मुटु माथि

 
तिम्रो सबै पिर ब्यथा राख्छु मेरो मुटु माथि
हात देऊ आजीवन म बनुँला तिम्रो साथी

ईन्द्रेणीको रङ्ग जस्तो बहुरङ्गी मान्छे भित्र
कस्तो तौल लगाएर खोज्छौ तिमी राम्रो मित्र
कता तिर भौतारिन्छौ अन्धकारमा मध्य राती
हात देउ आजीवन म बनुँला तिम्रो साथी

मनले मन नचिनेमा अन्योलमै बाँच्नु पर्ला
नफर्किने समयलाई सम्झे पछी आँशु झर्ला
हाम्रो मिलन सोच्न थाल सबै कुरा राख थाँती
हात देउ आजीवन म बनुँला तिम्रो साथी

तिम्रो सबै पिर ब्यथा राख्छु मेरो मुटु माथि
हात देऊ आजीवन म बनुँला तिम्रो साथी
श्रीशंत शर्मा

रचना सम्झनामा

रचना बर्खा सम्झनामा

बर्खा लाग्यो होला मेरी मायालु त्यो तिन पाते खेत तिर दोको मा खाजा बोक्दै झर्दै होली ।।।
सिम सिमे पानी मा पनि मेला पात गर्दै होली ।।।
याद आयो नानु,, तिमि र म त्यो दिन हिलो मा लडि बुडि गरेको ।।।
तिम्रै फोटो हेरेर त्यो दिन सम्झेको ।।।

मन छ तिमि सगैं शुख दुख काट्ने रहर ।।।
तिम्रै याद बिताएर काट्दैछु कहर ।।।
नानु बर्खा लाग्यो खेति पाती राम्रो सगं गर्नु ।।।
मेरो धेरै याद आए मन लाइ गाठो पार्नु ।।।
चोखो माया चाहि नमार्नु

कविता

कविता 


दिन बित्यो बाटो होर्दै रात बित्यो कोल्टे फेर्दै
 आकासको जून पनि अस्ताई गयो हेर्दा
 हेर्दैन आउदामा औला भन्ने बाकि आस हुने रहेछ
 समयको अगी सधै मान्छे दास हुने रैछ 

दैब ले नि निधारमा खाई कुन्नि के के लेख्यो
 फर्कि आउछु भन्ने लाई कुन पापीले बातो छेक्यो
 रात्रि कालिन दर्सन नमस्कार मिठो सम्झना
 साथमा शुभ रात्री मिठो र सुन्दर सपनिको कामना


 ॐ नम शिबाय!!!!!

धेरै समय पछी

धेरै समय पछी आज फेरी पत्रहरु खोलेर हेर्न मन लाग्यो ,


सुरु देखि अन्त्य सम्म पत्रहरु पल्टाएर हेरे !काल्पनिक संसारमा कता कता हराईरहेको थीय ,पत्रहरुमा निरन्तर आखा दौड़ईरहेको थीय -आन्तिमपत्रको अन्त्यमा आएर नयन टक्क अडियो !मुटु भक्कानिएर आयो ,मनको दह भरिएर नयन छताछुल्ल भई पोखिन लाग्यो ,नचाहादा -नचाहादै पनि दुई थोपा आसु त्यहि पत्रको पानामा अर्पीय !फेरी दोहोर्याएर पत्र पढ्न मन लाग्यो -प्रेम प्राप्ति मात्र होईन ,त्याग पनि हो ,समर्पण पनि हो ! आज म येस्तई मोडमाछु ,म चाहेर होईन नचाहादा नचाहादै पनि हाम्रो पबित्र प्रेम माथि त्यागको संघार लगाउदै छु !हाम्रो मायालाई यौटा सपना सम्झेर भुलिदिनु ,अनि फेरी कहिलेई यो श्रीसंत शर्मा लाई सम्झेर आफ्नो नयन नाभिजाउनु ल .....

उही तपाईको हुन् नसके
को श्रीसंत शर्मा

फेरी तेही कुरा दोहोर्याएर पढ्न मन लागेको थीयो तर आखाको परेलीमा आसुका थोपाहरु भरिय ,पर्त्यक सब्द -सब्द याद गरिराखेको थीय ,प्रेम प्राप्ति मात्रै होईन त्याग आनी समर्पण पनि हो ......! आहा ! कति राम्रोपरिभासा छ यो प्रेमको -अनि कती उदारता र महानता छन् यी सब्दमा !एउटा पबित्र नाता प्रेम सम्भंधलाई !आहा !कति राम्रो संग प्रस्ट परेका छन् यी सब्दहरुले!"यी सब्दहरुले आज फेरी उही पुरानो प्रेम सम्बन्ध को याद दिलायो अनायासै आखाबाट आसु र मनबाट मायाको बस्तीमा क्षेंन भरमै उजाडिएको त्यो मिलनलाई आज पनि मन मस्तिक्समा आफुलाई सम्हाल्न बाध्य भई आज पनि उही पृथक परिभासलाई स्मरण गर्दै जीवनलाई अगाडी बढाउन हरपल तल्लिन हुन् लागिपरेको छु !!
!
सम्झी राख है साथीहरु मनमा जति पिर व्यथाहरु भएपनि
मित्रताको दुरी नछुताईदेउ है साथीहरु समय र परिस्थितिले टाढा टाढा भयता पनि !!

Friday, August 2, 2013

लेख १

लेख १

 


कालि मैले त तिम्रो सम्झनामा सच्चा प्यारको आँशु बगाएको छु । तर तिमीले मेरो आत्मालाई सम्बेदनाका शब्दहरुपनि खर्चिनौ, त्यसैले सम्हाल्न सकिन छिया-छिया बनेको हृदयलाई एस प्रेम अप्राप्तिको बियोगमा डुबेको लामो समय पश्चात यस पत्र मार्फत के कुरा स्‍मृति गराउन चाहन्छु भने म तिम्रो प्रेमको दास हुँ, सक्छौ भने जीबनको कुनैपनी मोडमा सिर्फ एकपटक प्रेम गर्ने अबसर देउ , म तिमीलाई असिम स्नेहको ताजमहलमा अपार माया दिनेछु । मेरा असिमित मायाको उर्लदो भेलमा आफुले आँफैलाई भुलेको पत्तै पाउनेछैनौ।
मबाट के कुराको अपेक्षा राखेर सम्बन्ध गासेकी थियौ र के पाइनौ ? आखिर मेरो के नै कसुर थियो र ? मैले तिम्रो के नै बिगारेको थिए ? आज आएर मर्नु न बाच्नुको दोसाधमा उभ्याइ छाड्यौ । हुनत गल्ती मेरै थियो सजाए पनि म आँफै नै भोग्दै छु किनकी तिमीलाई र तिम्रो नाटकिय प्रेमलाई चिन्न नसक्नु अनि तिम्रो प्रस्ताब स्विकार गर्नु तसर्थ आज आत्मा ग्लानिको रापले छट्पटाइ रहेको छु । .., यो संसार परिवर्तित छ , परिवर्तित संसार सँगै परिवर्तन भयौ यदि धोका नै दिनु थियो त किन झुटो सपना देख्यौ ? आफुले आफुलाई के सोच्छ्यौ ? स्वर्गकी अप्सरा या त धर्तिकी मोनालिसा ? आखिर कस्को पो संसार शुन्य होला र ? यदि संसार शुन्य नै भएको भए पनि एक न एक वसन्तमा बहार कसो नआउला ? निष्ठुरी , जिन्दगी संघर्ष हो अनी हाम्रो यात्रा फरक फरक भए पनि गन्तब्य एउटै हो । जिन्दगी जिउने क्रम मा दौडदा दौडदै ठेस लाग्न सक्छ त्यतिबेला मलाई सम्झेर नसुस्ताउनु होला ।भनिन्छ समयले दिएको घाउ समयले नै पुर्छ रे जुन समयले तिमी सँग परिचय गरायो त्यही समयले नै बिर्सन वाध्य बनाउदो रहेछ ।
केबल विछोड को पिडा र रोदनले सताएको छ । आँशु नै जीवनको साथी बनाइ बाँच्न विवस छु । तर पनि तिमीमा कुशलता को कामना गर्न यो मेरो पहिलो प्रेम पत्र को साहारा मार्फत सन्देश पठाउन गैरहेको छु । कतै तिम्रा निर्दोश आँखाहरु मेरो सन्देशमा पर्‍यो भने अतितको प्रेम सम्झेर मलाई माफ गरिदेउ । अतितमा तिमी सँग गरेको प्रेमले वर्तमानमा घच्घच्याउदा दुखित हृदयलाई सान्त्वना दिने उद्धेश्यले पत्रको रुपदिन बिबश र वाध्य छु । .. तिमी महान रहिछेउ किनकी तिमीले सच्चा प्रेमको परिभाषा पनि बुझेकी रहिछौ किनभने मानब हृदयमा आगो सल्काउने चलचित्रका नायक नायिकाहरुपनि काल्पनिक र कथा सरह अभिनय गर्दै जान्थे तर त्यो काल्पनिक कथा कसैको लागि वास्तबिक हुन्छ भन्ने तिनिहरुलाई जानकारी नहुँदा म जस्ता कयौ साचो प्रेम गर्ने अबुझहरु पानी बिनाको माछा, पुर्णिमा बिनाको औशिको रात जस्तैमा छट्पटिनु परेको छ।
हुनत मेरो जीवनमा हासो खुशी मिलन र उल्लास कहिल्यै पनि लेखेको छैन रहेछ । भगवानले मेरो भागमा मात्र आँशु, पिडा , रोदन बिछोड र धोका मात्रै लेखिदिएको रहेछ । तर केही छैन आँशु पिएर बाँचेकै छु । तिमीजस्तो लाखौं धोकेबाज विश्वासघाती नायक-नायिकाहरुलाई शुभ-कामना दिन पाइरहेकै छु । आफू सफल हुन नसके पनि सबैलाई सफलताको शिखर चुम्न सफल होउन भन्ने आशिर्बाद दिएकै छु । खेद छ तिमीलाई दोष भने म दिन्न किनकी तिमी अर्काकी भैसकिछौ । त्यसैले प्रिय अतितको कथा र इतिहास् पढेर पुर्खाले गरेको त्याग र बलिदान सम्झेर मातृभुमीको माटो छोइ कसम तोडेजस्तै मेरो पवित्र प्रेम र वाचा बन्धनलाई तिरस्कार गर्न सफल भएकी तिमीलाई यो अभागी
श्रीसान्त शर्मा को लाखौं लाख शुभकामना ल...........
.., जुनदिन् हाम्रो भेट भयो, त्यो दिन नै मेरो सामुन्ने आशा रुपी दियो नबालिदिएको भए हुन्थ्यो । साँचो प्रेमको पारीभाषा दिदै धनी र गरीब अनी झुपडी र महल को बेवास्ता गरी साँचो प्रेमको बाँचा नबाधेको भए मैले डुब्लिकेट मायाको माला उनेर तिमीलाई पहिराइदिने थिए । तर के गर्नु म प्रेमको मामलामा अनभिग्य नै रहेछु । जुन हरियाली फुलवारिमा हाम्रो प्रेमको अंकुर पलाएको थियो त्यो झिनो त घातक साबित भयो । मलाई लग्थ्यो हाम्रो जोडी राम र सीताको झै थियो। तर के गर्नु अफसोच मायाको परिभाषा नबुझ्ने हरुलाई शिव र पार्वतीको झै वनाइदिए पनि घातक हुदो रहेछ । आध्यात्मिक र धार्मिक ग्रन्थमा लेखिएको थियो भगवान शिवले जोगिको भेष गरेर पार्वतीलाई छल गरेका थिए तर यहाँ त पार्वतीले शिवलाई यो छल गरिन । हुन त यस्मा कुनै आश्चर्य छैन किनकी यो कलियुग हो । कलियुग मा हरेक कुरा उल्टा चलिरहेछन । यहाँ युवकलाई युवती बनाइदै छ । साँचोलाई झुटो, सत्यलाई असत्य, पवित्रलाई अपवित्र, चोरलाई सज्जन, सज्जन लाई चोर् बनाइदैछ। यो वर्तमान कलियुगको बिकासित रुप हो । ठिकै छ मेरो प्रेम तिम्रा लागि बिष साबित भयो म तिमीले गरेको बिश्वासघातलाई अमृत ठानी मृत्‍यु सैयामा पुग्दा समेत जपिरहनेछु ।
प्रिया एउटा दु:खको कुरा भनौ या त गौरबको हाम्रो प्रेम जुन हरियाली फूलबारिबाट शुरुवात भयो, त्यहिबाट अन्त्य पनि । .., तिमीलाई थाहा छैन कि यो छोटो प्रेममा तिमीले दिएको ईमेल अनी युगलरुपी फोटो मैले आफ्नो मुटुमा सजएको थिए । तर आज यो सबै बिर्सन खोज्दै छु । तिमी जती नै टाढा भएपनि मलाई धोका दिएपनि तिम्रो जीवन सुन्दर र पवित्रहोस् यही मेरो माया र ममता जस्तो कहिल्यै कमी नहोस् भन्दै अहिलेलाई ओझेलमा पर्न चाहन्छु । धन्यवाद ।

 
 
उही तिम्रो हुन नसकेको .......
श्रीसान्त शर्मा

एक भनाई १

एक भनाई 


जो धेरै रिसाउछ उसैको मन मा निस्चल माया लुकेको हुन्छ, किनकि रातो भनेको खतरा को सन्केत हो तर त्यहि रातो गुलाब मायाको प्रतिक चिन्ह पनि हो! माया गर्नु नै छ भने त्यो फूल लाइ न गर जुन बिहान फक्रियर बेलुका ओइलाइ झर्छ, माया गर्नु नै छ भने त्यो काडा लाइ गर जुन बिझेर पनि सदै याद आइ रहन्छ! — 

मेरो सानो परिचय

 मेरो सानो परिचय


I want only Good friends...श्रीसंत शर्मा एकल यात्री .मेरो सानो परिचय यस्प्रकार छ मेरो घर कास्की पोखरा ललिगुराश भन्ने ठाउँमा प्रर्दछ । मलाई यकान्त अनि सुनसान वातावरणमा रम्न मनलाग्छ मलाई बढी साहित्य मा रुची छ जस्तै कबिता भावना गजल हरु पढ्न मन पर्छ म सानो ठुलो सबै लाई आदर सत्कार गर्ने गर्छु । मलाई झुटबोलेको मन प्रदैन असल साथिको अपेक्षा राख्छु । .. मलाई बढी फेशन गर्ने र कुलत गर्ने धनको घमण्ड गर्ने साथीहरु पट्टकै मन प्रदैन ।किन की यकदिन मरेर जानु छ लानु केही छैन सादा जिबन नै मलाई उत्तम लाग्छ । मेरा प्रर्सनल आफ्नत कोई छैन सायद यकान्त मै रम्ने भयर होला ......म यउटा सामान्य परिवार मा जन्मेको simple boy हो ...