Monday, August 26, 2013

डायरी 2

के सोचेको थिए जिन्दगीमा के–के भयो आज आफ्नै जिन्दगीका भोगाईसँग
सपनाहरु नमिल्दा भित्री मन रोएको छ । विना घाउका चोटहरुले मेरो मुटूलाई
दुखाउँदै छ । सायद मेरो भाग्यमा दुख्नै लेखेको होला भनेर भड्किने मनलाई
थमथम्याउन विवस छु । दुई दिनको त जिन्दगी हो जीउनु पर्छ भन्ने लोभले
मनमा डेरा जमाएपछि दुखेर पनि जीउनु पर्ने रहेछ । जीवनका भोगाईले पूर्व,
सपनाहरुले पश्चिमको यात्रा तय गरेपछि मनमा सधैँ अशान्तिले निर्वाध
राजगर्न पाउँदो रहेछ । हरेक मान्छेले आ–आफ्नै तौर तरिकाले सपना देख्न पाउछ,
तर सबैको सपना पुरा नहुने रहेछ, मेरोपनि पुरा भएन । पुरा गर्नै नसक्ने
महत्वाकांक्षी सपना भने मैले पक्कै देखेको होईन म सारा भगवान छोएर भन्छु ।
मैले देखेका सपनाहरु सरल अनि सहज थिए तर त्यो पुरा हुन सकेन किन ?
कसैको त मन मुटूपनि कस्तो हुन्छ खै म सधैँ हैरान हुन्छु, यहि कुरा सम्झेर ।
हरेक दुःख सुखमा साथ दिने कसम खाएकै थिए केहि गर्छौ ,भन्दा मैले सहयोग
गर्छु भनेकै थिए । म कहिलेपनि उनको खुशीमा वाधक बनेको थिइन् । उनीले
इच्छाएका हरेक जाहेज कुरामा मेरो पूर्ण समर्थन रहने वाचा गर्दथे ।
मेरो मायामा कमि होला कि भनेर म हरेक पल उनलाई सदा खुशी राख्न लागिरहे
। हो म उनलाइ माया र विश्वास गर्थे आफैलाई भन्दा बढि । उनले
मायाको अभावको जिन्दगी गुजार्न नपरोस, उनलाई कसरी खुशी राख्न सक्छु
भन्ने बारे सोचि रहन्थे । उनको खुशीनै मेरो खुशी हो लाग्थ्यो । हरेक पल मैले
उनको खुशीको लागि खचिर्न चाहान्थे । उनलाइ खुशी दिनु मेरो शौभाग्य
हो म यहि सोच्थे । आखिर मेरो के भूल थियो उनले मलाई सधै पर्दामा राख्न
चाहिन् । मैले माया गर्दा गर्दै साथ दिन्छु भन्दा भन्दै उनले किन यस्तो गरिन
आखिर यो सब के का लागि गरिन् यस्तै प्रश्नहरुले मेरो मन
मष्तिस्कमा बारम्वार महाभारत मच्चाई रहन्छ । झुपडीनै होस् तर त्यो भित्र
अभाव नहोस् । होस् त केवल मीठो माया न्यानो साथ अनि मजबुत विश्वास ।
सहयात्री विच माया साथ र विश्वास भएन भने महलमै
बसेपनि त्यो महलमा शान्ति सम्भव छैन । यदि झुपडीभित्र अशान्तिले
माया साथ र विश्वासले बनेको घरलाई नत सुनामीले बगाउन सक्छ, नत भुँईचालोले
भत्काउन सक्छ, नत आँधी हुरीले उडाउन सक्छ । माया साथ र विश्वास भयो भने
मात्र घर घर हुन्छ, घर घर भयो भने मात्र जिन्दगीका हरेक मोडमा सफलतानै
सफलता हुन्छ । हो मलाई त यस्तै लाग्छ त्यसैले त मैले उस्लाई माया दिए साथ
दिए विश्वास गरे । तर जिन्दगीको यो मोडमा आफ्नैबाट तिरस्कृत
बनेको पल मलाई लाग्यो हिजोका ती दिनहरुमा सायद म एउटा हातले
तालि बजाउन व्यस्त थिए । मलाई कसैले माया गर्छ साथ दिएको छ विश्वास
गरेको छ भन्ने मात्र मेरो भ्रम थियो । मेरो कस्तो दुर्भाग्य यो मनले
ताक्यो मुडो बन्चरोले ताक्यो घुडो । आज मेरो हिजोका ती सुन्दर हराभरा घर
संसार उजाड मरुभूमीमा परिणत भएको छ मेरो लागी र सबै
देखी टाढा पनि भएको छु । म असफल भए सबैको नजरमा छाउन, कारण
एकोहोरो मायामा पागल हुन पुगेर । के सोचे थे जिन्दगीमा के के भयो आज
उडायो सपना सबै हुरीले...............?


1 comments:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete